विश्वकै अग्लो ‘वाटर टच बञ्जी’ पोखरामा

By प्रकाश धिताल     

Bunjy-Jump-Pokhara

Bunjy Jumping in Nepal

देशकै मुख्य पर्यटकीय गन्तब्य पोखरामा अब नयाँ साहसिक मनोरञ्जनात्मक खेल ‘बञ्जी जम्प’ सुरु हुने भएको छ । हाइग्राउन्ड एडभेञ्चर्स प्रालिले अहिले पोखराको हेम्जामा बञ्जी जम्पको पूर्वाधार निर्माण गरिरहेको छ । करिव ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बञ्जी सेप्टेम्बर पहिलो हप्तासम्म सञ्चालनमा ल्याउने लक्ष्य रहेको एडभेञ्चर्सका अप्रेशन म्यानेजर दिनेश महर्जनले जानकारी दिए । द लास्ट रिसोर्टले भोटेकोशीमा सञ्चालन गरिरहेको बञ्जी भन्दा यो फरक हुने महर्जनको दाबी छ ।

‘त्यहाँ बञ्जी जम्प गर्दा पोखरीमा टाउकाले छुन सकिने हुँदा यसलाई बाटर टच बञ्जी नामाकरण गरिएको छ’ महर्जनले दाबी गरे- ‘हाम्रो बञ्जी सञ्चालनमा आएपछि विश्वकै सबैभन्दा अग्लो वाटर टच बञ्जी हुनेछ ।’

trek2