मोडलिङमा चर्चा बटुल्दै केके अधिकारी

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – जेष्ठ – ०८

13241706_1011325178964231_92055122_oगायिका माया अधिकारीको “मेरो नै रुप ” बोलको गीतबाट आफ्नो मोडलिङ करियर सुरु गरेका मोडेल केके अधिकारी अहिले नेपाली म्युजिक भिडियोमा निकै नै ब्यस्त छन् । नेपालगंज घर भई हाल काठमान्डौ बस्ने मोडेल केके अधिकारी मोडलिङ संगसंगै नेपाली फिल्मी क्षेत्रमा पनि आबद्द छन् । उनले केहि नेपालि कथानक चलचित्रमा सह-अभिनेताको भूमिका निर्वाह गरिसकेका छन् र चाडै नै उनलाई हामी नँया चलचित्र ‘ नकाब ‘ मा पनि देख्न सक्ने छौ ।

13233287_1011325168964232_1609138321_nके केले दुइ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय अनि कलेज अफ फिल्म स्टडि, र ओस्कार कलेजको दोस्रो बर्षमा अध्यनरतगर्दै आफ्नो ज्ञानको सदुपयोग गर्दै म्युजिक भिडियो निर्देशन पनि गरेका छन् । मोडलिङमा बिशेष रुचि र क्षमता भएका केके अधिकारिले निर्देशन भने व्यक्तिगत अनुभबको लागि मात्र गरेको बताउछन् । हालै मात्र उनको निर्देशनमा दुइ वटा म्युजिक भिडियो सार्वजनिक भैसकेको छ जस मध्ये एउटामा उनी आफैले अभिनय गरेका छन् ।

13233417_1011325162297566_1550529638_nचर्चित गायक प्रकाश तिमिल्सिनाको आवाजमा सजिएको यस रोमान्टिक गीत ‘ छन् छन् बज्ने चुरा ‘ मा गङ्गा सागर पन्तको शब्द र संगीत रहेको छ । यस गीतको भिडियोमा केके को साथमा नायिका शुवेक्षा थापाको रोमान्स देख्न सक्छौ । पर्यटकीय स्थल नगरकोटको विभिन्न ठाँउमा छायांकन गरिएको उक्त भिडियो मोडेल केके अधिकारि स्वयंले निर्देशन गरेका हुन् भन्ने भिडियोको दृश्य बासु बरालले छायांकन गरेका हुन् ।

मोडलिङमा चर्चा बटुल्दै गरेका मोडेल केके अहिले नँया म्युजिक भिडियोको सुटिङ्गमा निकै नै ब्यस्त छन् । केहि दिनमा नै उनको अरु नँया भिडियोहरु पनि रिलिज हुने तयारीमा रहेको छ ।

हेरौ यो भिडियो