फिङ्गर प्रिन्ट सेन्सर भएको ‘पानासोनिक इलुगा मार्क’ स्मार्टफोन नेपालमा सार्वजनिक

By प्रकाश धिताल     

panasoni_iiii_4122015-660x330

नेपालका लागि पानासोनिक स्मार्टफोनको अधिकृत विक्रेता एलाइड ट्रेडलिंक प्रा.लि.ले पानासोनिकको इलुगा मार्क (Panasonic Eluga Mark) स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । इलुगा मार्क मिड रेन्जको स्मार्टफोन हो जसमा फिङ्गर प्रिन्ट सेन्सर समेत समावेश गरिएको छ ।

स्मार्टफोनमा निकै आकर्षक फिचरहरुले सजिएको छ । मुख्य फिचरहरुमा ५.५ इन्च ७२०पि डिस्प्ले, अक्टाकोर स्नाप्ड्रागन ६१५ प्रोसेसर, २ जिबी र्याम, १६ इन्टर्नल मेमोरी (एसडी कार्डमार्फत ३२ जिबी सम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने), एलइडी प्लाससहित १३ मेगापिक्सल रिअर क्यामेरा, ५ मेगापिक्सल, २५०० एमएएच ब्याट्रलगायत रहेका छन् । यसैगरी, स्मार्टफोन ललिपप ५.१ अपरेटिङ सिस्टममा चल्दछ भने यसलाई एन्ड्रोइड ६.० मार्सम्यालोमा अप्ग्रेड गर्न सकिने छ ।

कम्पनीका अनुसार स्मार्टफोनको नेपाली बजारमूल्य रु २१ हजार ९ सय ९० रहेको छ । यसैगरी, इकमर्स वेबसाइट काइमुबाट रु २० हजार ८ सय २७ मै यो स्मार्टफोन प्राप्त गर्न सकिनेछ ।