अनुको प्रेम नाटक चर्चित मोडल सनम संग (भिडियो सहित )

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमान्डौ- बैशाख- २४
received_1076581199047217

नेपाली सांगीतिक दुनियामा पहिलो पटक पहिलो एल्बम नजिर बाट संगीतमा प्रवेश गरेका नारायण बाबु कोइरालाको आफ्नो दोस्रो एल्बममा समाबेश रहेको “आँखा जुध्यो” गीतको म्युजिक भिडिओ सार्बजनिक भएको छ ।

भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने भिडियोमा पछिलो समयका एकदमै व्यस्त अनि चर्चित मोडेल सनम कठायत ,अनु शाह ,समिर के सी र निर्देशक जिबन शाहीको अभिनय देख्न सकिन्छ भने गीतको शब्द रचना राकेश कसाजुको रहेको छ भने भिडियोमा पैसाको लागि चोखो माया संग खेलबाड गर्दा ज्यानै जाने क्षण  जिबनमा आउन सक्ने भाव  लाई देखाईएको छ ।
गायक कोइराला पनि आफुले अत्यन्तै मिहिनेत गरेको अनि गीतले छोटो समयमानै दर्शक स्रोताको मन जित्ने कुरामा ढुक्क भएको निर्देशक शाही पनि बताउछन । भिडियो सोचे भन्दा राम्रो बनेको हुनाले “आँखा जुध्यो” गीतबाट धेरै आशाबादी रहेको जानकारी  kkchha.com लाई  दिएका छन् ।

हेरौ भिडियो