चन्चले अमृतको आगमन नेपाली चलचित्र क्षेत्रमा

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति- काठमाडौ – बैशाख- २३ 

13077127_770008319767089_1240114104_n

कलाकारिता र पत्रकारिता मन नपर्ने भने पछि सायदै कोहि नहोला पनि त्यसैमा कलाकार बन्न पाए पछि को हुरुक्कै नहोला, सायदै यहि क्रममा 2047/5/9 गते डडेलधुरा जस्तो जिल्लामा जन्मेका कलाप्यासी कलाकार हुन अमृत शाही ठकुरी । सानै देखि चन्चले स्वभाब भएका अमृत बुवा बलिभाद्र शाही र आमा कुमारी देबि शाहीको सन्तानका रूपमा जन्मिएका हुन । मध्यम परिवारको बर्गमा जन्मिएका अमृतले सानै देखि कला क्षेत्र असाध्यै मन पराउने अनि रुचाउने गर्थे ।घरपरिवारको स्थितीले गर्दा अगाडि बढ्न निकै गाह्रो भएको थियो अमृत लाई । त्यसपछि आफ्नो पढाईको स्नातक तह तेस्रो बर्ष लाई सकाएर स्नातकोत्तरमा भर्ना हुन काठमाडौं आएका थिय अमृत ।

13183171_770008223100432_789144200_n

आफुले पढाई संगसंगै नृत्य पनि सिक्न थालेक थिए र संगै थोरै थोरै पैसा बचाएर परिवार संग सुटुक्क लुकेर बिस्तारै अलिक अलिक सानो सानो भुमिकामा म्युजिक भिडियो खेल्ल थाले । अनि आफुले नृत्य सिक्दै अरु लाई पनि नृत्य सिकाउदै आफ्नो पकेट खर्च निकाल्ने गर्थे ।

यसै क्रममा २०७२ फाल्गुन १५ मा म्युजिक भिडियो निर्देशक केदार धिताल द्वारा गायिका निक्की हमालको म्युजिक भिडियोमा खेल्लें उनले अवसर पाएका थिए । त्यसपछि निर्देशक केदार धिताल कै निर्देशनमा गायक सुनिल गिरीको गीतमा पनि खेल्लने अवसर पाए ।

13152856_770008279767093_494236149_n

अनि २०७३ सालको सुरुमा निर्देशक बशन्त निरौलाले निर्देशन गरेको नया फिल्म समर्पणमा नायकको भुमिकाम देखा पर्दै छन । नायक अमृतलाइ सफलताको शुभकामना