प्रेममा पागल भएका सनम जेल चलान (भिडियो सहित )

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ बैशाख-१५ 

hh

पछिल्लो समय म्युजिक भिडियोमा निक्कै नै जमेका मोडल हुन् सनम कठायत । प्राय वियोगान्त गीतहरुमा आफ्नो सफल अभिनय पस्तुत गरेका सनामको अभिनय रहेको अर्को वियोगान्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद खरेलको आवाज रहेको गीतमा गीतकार भावना कोईरालाको शब्द तथा राजकुमार बगरको संगीत रहेको छ भने सनमको उत्कृष्ट प्रेम कहानी देख्न सकिन्छ । र भिडियोमा प्रेममा एउटा मान्छे कतिसम्म अन्धो बन्न सक्छ भनेर देखाउन खोजिएको छ ।

‘मेरो माया’ भन्ने बोलको गीतको भिडियोमा सनमलाई एक पागल प्रेमीको रुपमा देख्न सकिन्छ । उनलाई भिडियोमा साथ दिएका छन् आयुशा, हेमन्त र मायाले र  राजेन्द्र भट्टले निर्देशन गरेका छन् ।