नेक्सस ब्याण्डको नया म्युजिक भिडियो “आईदेउ” सार्बजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ बैशाख – ०८

ll

पूर्व इटहरीमा २०६१ सलामा स्थापना भएको चर्चित ब्याण्ड नेक्ससले अहिले सम्ममा १०० भन्दा बढी कन्सर्ट गरिसकेको छ । त्यहि नेक्ससले आफ्नो नया एल्बम एल्बम “आईदेउ” बजारमा ल्याएको छ र सोहि एल्बममा समाबेश गित “आईदेउ” भन्ने गितको म्युजिक भिडियो पनि बजारमा ल्याएको छ ।

llll

गितमा शब्द तथा संगीत नेक्सस ब्याण्डकै रहेको छ भने भोकल /गिटार मनोज राई , गिटार सुजन लिम्बु , बेस गिटार नबिन न्यौपाने , ड्रम नबिन श्रेष्ठको रहेको छ । कलर ग्रेडिङ्ग सतिज श्रेष्ठको रहेको भिडियोलाई बारकोड प्रोडक्सनले पोस्ट प्रोडक्शन गरेको छ । त्यसै गरि बिजु कर्माचार्यले भिडियोको निर्देशन गरेका छन् भने भिडियोमा पुर्णिमा गुरुङको अभिनय लाई हेर्न सकिने छ र भिडियोका दृश्यलाई प्राय पटनामा खिचिएको छ ।

हेरौ भिडियो