सविनको ‘कोरी र बाटी’ सार्वजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति-काठमाण्डौ- ०६ 

sabin-747x420 (1)गायन क्षेत्रमा छुट्टै परिचय बनाएका धादिङ महादेवबेसीका गायक सविन लामाले आफ्नो अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कोरी र बाटी’ बोलको गीतलाई उनले म्युजिक भिडियोमा ल्याएका हुन् । लामाले केही समयअघि मात्र नेपाल जिन्दावाद र हे गोरी को भिडियो रिलिज गरेका थिए । लामाको पहिलो एल्बम ‘सानो पाईला’ मा समावेश ६ वटा गीत मध्ये ‘कोरी र बाटी’ बोलको गित पनि भिडियोमा आएको छ ।

गायक लामाकै स्वर रहेको यो गितमा किसन गुरुङको शब्द र संगित रहेको छ । उक्त भिडियोेलाई सुमन लामाले निर्देशन गरेका हुन् । भिडियोमा धर्मेन्द्र र सिर्जुको अभिनय रहेको छ । पप शैलीको यो गितले यस अघि नै चर्चा बटुलिसकेको छ । धादिङको महादेवबेसीमा जन्मिएका लामाले हाल सम्म एक दर्जन भन्दा बढि गितमा आवाज दिएका छन् ।

(भिडियो हेर्नुहोस्)