दोदोधरा गावीसको आर्थिक बर्ष २०७२/७३ को बार्षिक प्रतिबेदन सार्वजनिक कार्यक्रम

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति-काठमाण्डौ- चैत्र २९

downloadकैलाली दोदोधरा गावीसको आर्थिक बर्ष २०७२/७३ को सार्वजनिक सुनुवाई कार्यक्रम भोली दोदोधरा गावीस वडा नं. ७ मुडा स्थीत निर्माणधीन पानि ट्यांकी नजिकै हुने भएको छ । कार्यक्रममा आर्थिक बर्ष २०७२/७३ मा गावीस बाट छुट्याईयका योजना र ती यो योजना हरुमा हाल सम्म भएको प्रगति र काम भएको नभएको आदि बिषयमा सुनुवाई हुने दोदोधरा गावीसका सचिव बालाराम घिमीरेले जानकारी दिनु भएको छ । उता कोटातुल्सीपुर गावीसलाई एक कार्यक्रमका बिच पूर्ण खोप गावीस घोषणा गरीदैछ । गावीसका ९ महिना सम्मका बाल बालीकाहरुले लगाउनु पर्ने खोपको मात्रा पूणै रुपमा लगाईसकेकाले गावीस लाई पूर्ण खोप गावीस घोषणा गर्न लागीएको कोटातु्ल्सीपुर स्वास्थ्य चौकि का जनस्वास्थय निरीक्षक कैलास रावतले जानकारी दिनु भएको छ ।