क्रिकेट प्रतीयोगीताको तयारी अन्तीम चरणमा

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति-काठमाण्डौ- चैत्र २९

12968568_1010403069027417_1206074676_n

कैलालीको दोदोधरा गावीस वडा नं. ७ मा रहेको जगत तारा ईग्लीस बोडिङ्घ स्कुल को आयोजनामा २०७३ सालमा पनि क्रीकेट प्रतीयोगिता हुने भएको छ । जगत ताराले २०७२ सालमा पनि पहीलो पल्ट माध्यमीक बिधालय स्तरीय क्रीकेट प्रतीयोगीता सफलतापूर्वक आयोजना गरी सकेको छ ।

यस बर्ष पनि प्रतीयोगिता माध्यमीक तहकै हुने र प्रतीयोगिता का नियमहरु सबै उहि रहने तर पुरस्कार राशिमा भने बृद्धी गरीएको जगत तमरम ईग्लीस बोडीङ्ग स्कुल का प्रधानाध्यापक हेमन्त तिमिल्सिनाले बताउनु भयो । दस हजार पुरस्कार राशि बाट सुरु भएको प्रतीयोगितामा यस बर्षको पुरस्कार रासि ३५ हपार पुराइएको छ भने दोश्रो स्थान हासीसल गर्ने बिधालयले २१ हजार पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगीता को हरेक खेलमा म्यान अफ द म्याच, प्रतियोगीता भरीकै उत्कृष्ट खेलाडीलाई म्यान अफ द सिरीज,प्रतियोगीता भरीमा सबै भन्दा बडि रन हान्ने खेलाडीलाई बेस्ट ब्याटसमयान,बडि बीकेट लीनेलाई बेस्ट बलर , प्रतिभावान खेलाडीलाई उदयमान खेलाडी लगायतको पुरस्कार बाट पुरस्कृत गरीने प्रतियोगीताका संयोजक एवम बिध्यालयका संस्थापक एकेन्न्द्र मल्लले दिनु भएको छ ।

प्रतियोगीतालाई यस बर्ष सोहि बिध्यालयका शिक्षक मनोज पन्त प्रमुख प्रायोजकको रुपमा सहयोग गर्दै हुनुहुन्छ । उहाले आफ्ना स्वर्गीय बुबा दिपेन्द्र पन्तको स्मृतीमा प्रतियोगीता लाई प्रायोजन गर्न लागेको बताउनु भयो । अधिल्लाो वर्ष २२ टोली को सहभागीता रहेको प्रतियोगीतामा यस बर्ष पनि त्यसैको हाराहारीमा टिक हरुको सहभागीता हुन सक्ने प्रतीयोगिता आयोजक समेतले अनुमान गरेर काम अगाडी बडाई रहेको आयोजक समितीका सदस्य मनोज पन्तले बताउनु भयो ।

बैसाख ५ गते देखि १५ गते सम्म सडकपुर बौनियामा रहेको बसन्त मुरारी उमाबि र दोदोधरा ८ बास्कोटि स्थीत खेल मैदान मा संचालन हुने प्रतीयोगिताका पहिलो चरणका खेलहरु लिग र त्यसपछीका खेलहरु नक आउट सीस्टम को आधार मा संचालन हुने आयोजकले जनायको छ । प्रतीयोगीताका हरेका खेलका म्यान अफ द म्याच लाई दिईने पुरस्कार सडकपुर बौनियामा रहेको एनकेडिजे कम्पयुटरले प्रायोजन गर्ने बताएको प्रतियोगीताका आर्थीक समिती सदस्य राजेन्द्र रावलले बताउनु भयो साथै अन्य प्रायोजकको तयारी समेत अन्तीम चरणमा रहेको र प्रतीयोगिता संचालानार्थ करीब २ लाख को हाराहारीका खर्च हुने प्रतीयोगिता का आर्थीक संयोजक बिकास मल्लले बताउनुभयो ।