टिकापुरमा रहेको पार्कले पर्यटकलाई लोभ्याउदै

By प्रकाश धिताल     

कैलालीमा सम्बाददाता
प्रकाश प्रिया स्मृति-काठमाण्डौ-चैत्र २६

imagesकर्णाली किनारमा अवस्थित टीकापुर पार्क निकै सुन्दर देखिन्छ । गुलाब फूलेर पार्कको सौन्दर्यता झन बढाएको छ । पार्कमा झण्डै ४० प्रकारका गुलाब छन् । कुनैबेला यो संख्या अझ धेरै थियो । धेरै कम स्थानमा देख्न मिल्ने कालो रंगको गुलाब यही छ । राता, पहेला, सेतो, हरियो, बैजनी रंगका थुप्रै गुलाब देख्न सकिन्छ । गुलाबले सबैको मन लोभ्याउने गरेको छ । प्राय सबैको आकर्षण्ँको केन्द्र समेत यिनै गुलाब बन्न पुगेका छन् । गुलाबको बोट नजिकै उभिएर तस्वीर कैद गर्नु सबैको प्राथमिकतामा पर्छ । टीकापुर पार्क ८४ विगाह क्षेत्रफल फैलिएको छ । पार्कलाई मुख्य गरी तीन भागमा विभाजन गरिएको छ । महेन्द्र आरोग्य गृह, विरेन्द्र विश्राम बाटिका र फलफूल बगैचा तत्कालिन राजा महेन्द्रले स्वास्थ्य लाभ गरेपछि यसलाई पार्कका रुपमा निर्माण्ँ गरिएको हो । पार्क निर्माण्ँमा तत्कालिन मन्त्री खड्गबहादुर सि“ह लगायतको मुख्य भूमिका रहेको छ । यो पार्क लामो समय तत्कालिन टीकापुर विकास समितिको मातहतमा थियो । टीकापुर विकास समिति विघटन भएपछि पार्कको सबै जिम्मेवारी टीकापुर नगरपालिकामा सारिएको छ । २०६४ सालदेखी नगरपालिकाले पार्कको संरक्षण गर्दै आएको छ । पार्कमा १४ जना कर्मचारी छन् । ती कर्मचारीहरुले पार्कको सबै जिम्मेवारी सम्हालेका छन् । विगत २८ बर्ष देखी पार्क रेखदेखमा क्रियाशील चुनकानु थारुले जनशक्ति कम भएको बताए । उनले पार्क घुम्न आउनेको संख्या वृद्धी भएका कारण संरक्षणकर्मी संख्या कम भएको बताए ।‘हामी थोरै छौं । घुम्न आउनेको संख्या बढ्दैछ’ उनले भने–‘पहिले भन्दा अहिले घुम्न आउनेको संख्या बढ्दै गैरहेको छ ।’नगरपालिकाले संरक्षणको जिम्मेवारी लिएपछि केही भौतिक संरचना विस्तार गरेको छ । घेरा पर्खाल, शौचालय, पिकनिक स्थल लगायतका काम विस्तार गरिएका छन् । पछिल्लो समयमा पार्क घुम्न आउने पर्यटकको संख्यामा निकै वृद्धी भएको छ । छिमेकी जिल्ला बर्दिया र कञ्चनपुरका साथै दाङ, रुपन्देही, पाल्पा, सुर्खेत लगायतका जिल्लाबाट पर्यटक बढी आउने गरेका छन । यसका अलावा काठमाण्डौं, झापा लगायतका जिल्लाबाट समेत केही पर्यटक घुम्न आएको पाईएको छ ।‘केही संख्यामा ती जिल्लाबाट पर्यटक आएका छन्’ टीकापुर पार्कका इञ्चार्ज अर्जुन कु“वरले भने ।नया“ बर्ष, दशै तिहार जस्ता चाडपर्वको समयमा बढी पर्यटक आउने गरेका छन् । साउन देखी हालसम्म पार्क घुम्न आउने पर्यटकबाट २२ लाख शुल्क संकलन भएको छ । नेपाली नागरिकलाई २५ रुपैया, सार्क राष्ट्रका नागरिकलाई एक सय ५० र अन्य देशका नागरिकलाई तीन सय रुपैया“ प्रवेश शुल्क तोकिएको छ ।त्यस्तै विद्यार्थीलाई १० रुपैयामा पार्क प्रवेशको व्यवस्था गरिएको छ । पार्क नजिकै पिकनिक स्थलको समेत व्यवस्था गरिएको छ । पिकनिक मनाउन आउनेका लागि समेत शुल्क निर्धारण्ँ गरिएको छ ।इञ्चार्ज कु“वरले २५ जनाको समूहलाई दुई सय र सो भन्दा माथि संख्या भएकालाई तीन सय शुल्क निर्धारण्ँ गरिएको जानकारी दिए । पिकनिक स्थलमा खानेपानी, शौचालय, घेरापर्खाल लगायतको बन्दोबस्त गरिएको छ । ती सबै भौतिक संरचना निर्माण्ँमा नगरपालिकाले एक करोड लगानी गरेको छ । पिकनिक स्थल पहिलेको भन्दा निकै व्यवस्थित गरिएको छ । पिकनिक मनाउन आउनेका लागि पिउने पानीको धारा जडान गरिएको छ । जसले गर्दा उनीहरुलाई नदीको पानी पिउनु पर्ने वाध्यता हटेको छ ।‘निकै व्यवस्थित छ । कुनै कुराको कमी छ जस्तो लाग्दैन’ नेपालगञ्जबाट पार्क घुम्न आएका टेकराज जैसीले बताएका थिए । पार्कको व्यवस्थापनका लागि नगरपालिकाले अझै सुधारका काम गर्दै लैजाने सोच बनाएको छ । टीकापुरको चिनारीका रुपमा पार्क परिचित हु“दै गएको छ । जसका कारण्ँ पनि पार्कको व्यवस्थापन नगरपालिकाका लागि आवश्यक बनेको छ ।