भोला अनि अनुजाको बिछोडको कहानी “यो मन मुटुमा 

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – चैत्र २४ 

12948609_1120356588020961_1873475849_o

संचारकर्मी भोला दीप यात्री र चन्द्रमणि मुडभरीको संयुक्त निर्देशनमा तयार भएको आधुनिक गीत “यो मन मुटु”को म्युजिक भिडियो युटुबमा रिलिज भएको छ । रामचन्द्र थापाको शब्द अनि स्वर रहेको आधुनिक गीत “यो मन मुटु” मा कृष्ण दीप लोप्चनको संगीत रहेको छ । VFX एनिमेसन मार्फत भिडियोलाई कलरफुल बनाईएको निर्माण पक्षले जानकारी गराएको छ ।यात्री र मुडभरीको संयुक्त निर्देशनमा तयार भएको भिडियोलाई एन पी मिडिया सोलुसनले निर्माण गरेको हो ।

भिडियोमा भोला संगै अनुजा अधिकारी र दिकेश थापाको पनि अभिनय लाइ देख्न सकिनेछ । केहि दिन अघि खिचिएको भिडियोलाई जितेन्द्र राजोपाध्याले एनिमेसन मार्फत कलरफुल बनाएका हुन् । भिडियोलाई राजेन्द्र डंगोलले खिचेका हुन् ।

गएको शनिबार राजधानीमा माननीय संचार मन्त्रि शेरधन राईले काठमाडौँ स्तिथ मिडिया इन्टरनेसनलको सभा हलमा बिशेष कार्यक्रमका बीच “यो मन मुटु”को म्युजिक भिडियो लाई संचारकर्मी ,कलाकार तथा बिभिन्न क्षेत्रमा आबद्द सहभागीहरुका माझ भिडियोलाई सार्बजनिक गरेका हुन् ।

माया ,प्रेम ,रोमान्स अनि धोका भित्र रुमल्लिएको चरित्रलाई कलात्मक रुपमा भिडियोमा देख्न सकिने छ । बिमोचन पश्चात सबैले भिडियो मन पराईदेको र अझै पनि सबैको साथ पाए आगामी दिनमा अझ उत्कृस्ट काम गर्ने निर्देशक दुबैले बताए ।

हेरौ यो भिडियो