मायाको घण्टी बजाउछुले सबैको दिलमा घण्टी बजाउदै

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमान्डौ – चैत्र २३

12921151_1006300979437626_427944799_n

कैलालीको मध्यवर्ती क्षेत्र पहल मानपुरका हेमराज थापा पछिल्लो समय नेपाली संगीतको लोक दोहोरी क्षेत्रमा संघर्ष गर्दै आईरहेका छन् । हेम राजका  केहि लोक दोहोरी गितहरु बजारमा आईसकेका छन भने केहि अझै आउने क्रममा नै छन् । उनै  थापाको पछिल्ल समय बजारमा रहेको गित हो मायाको घण्टी बजाउ छु हो । जुन गित लाई  निकै आश गर्नुको साथै आफ्नो सांगीतिक यात्रामा थप मदत पुर्याउने आसा समेत गरेका छन् । आफ्नै शब्दमा  तयार भएको गितमा लय अहिलेका चर्चीत लोक दोहोरी गायक गोपाल नेपाल जियमको छ भने  हेमराजलाई तुलसी घर्ती मगरले साथ दिएकि छिन  । अब मायाको घण्टी बजाउ छु गितको म्युजीक भिडीयो बनाउने तयारीमा लागेका छन् हेमराज । पछिल्लो समयका चर्चीत निर्देशक बिक्रम चौहानले निर्देशन गर्ने पक्का पक्की भैसकेको गितमा  मोडल  नरेस जोगी र अन्जली ठकुरीको अभिनय हेर्न  सकिनेछ  ।