कमलको “मान्छे सानी सानीमा ज्योति र अर्चना फरक भूमिकामा (भिडियो सहित )

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति-काठमाण्डौ 

12795327_569483479884414_373713164319384750_n

सानै देखि नेपालि गित संगीतमा सौखिन हुन् गुल्मीका कमल भुसाल “चन्चल” । लामो समयको अन्तराल पछि नितान्त आफ्नै नौलो स्वादमा “मान्छे सानी सानी” बोलको मनोरञ्जनात्मक संगीतिक खुराक सहित फेरी तपाई हामी माझ आएका छन् । जापानको बसाइँलाई तिलान्जली दिदै फेरी पनि नेपाली गीत संगीतमा फरक तरिकाले प्रस्तुत हुने क्रममा बहुमुखी प्रतीभाका धनी चंचलले आफ्नै लय शब्द र स्वरमा समाबेश “मान्छे सानी सानी” गीतको म्युजिक भिडियोमा अभिनय संगै निर्देशन समेत स्वयम् आफैले गरेका छन् ।

भिडियोको आकर्षक भनेको पछिल्लो समय सुदुर पश्चिम्बाट पोर्न स्ट्रार बन्छु भन्दै अधि सरेकी अर्चना पनेरू तथा हाल समाजिक संजाल तथा विभिन्न तरिकाले सर्बधिक चल्तीकि गायिका तथा मोडेल ज्योति मगरका साथमा करिस्मा ढकालले समेत कमललाई भिडियोमा साथ दिएकि छिन । पछिल्लो समयमा ब्याप्त विभिन्न बिकृती बिसंगतीको एक चोटिलो प्रहार हो “मान्छे सानी सानी” भन्नुहुन्छ गायक भुसाल । कथामा मिल्ने कलाकार खोज्ने क्रममा ज्योति र अर्चना पनेरु संगै भिडियोमा अटाउनु मुख्य रहस्य हो । उक्त गीतको संगीत संयोजन गायक अर्जुन कौसलले गर्नु गरेका छन् भने गीतलाइ बजार ब्यबस्थापनको जिम्मा संदेश कृयशनले लिएको छ ।

यता छ म्युजिक भिडियो