के तपाइको पिसाव पोल्छ ? त्यसो भए यसो गर्नुस

By प्रकाश धिताल     

downloadप्रकाश प्रिया स्मृति-काठमाण्डौ 
पिसाव पोल्ने समस्या बोकेका थुप्रै मानिसहरु भेटिन्छन । त्यसमध्ये कयौले त लुकाएर राखेका हुन्छन भने कयौले चाहि हेलचेग्राइ गरिरहेका हुन्छन् । पिसाव पोल्नुको कारण पिसाव खुलेर नआउने वा कम आउनु हो ।  बिभिन्न यौनरोगहरुको संक्रमणबाट, कुनै विष वा कडा औषधिबाट, मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही उपायहरु यस प्रकार छन् :
१. पाकेको आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।
२. गाजरको रस साँझ बिहान एक/एक् गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।
 ३. दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।

४. पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।

 ५. हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।
६.हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्वन्धि रोग निको हुने गर्दछ । फलफुलमा आलुवखरा,अंगुर पाकेको आँपको रस सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुन्छ ।