हसिला गायकका, रसिला गीत

By प्रकाश धिताल     

indexकाठमाडौं – प्राय ठेट नेपाली गीत गाउंन माहिर मानिन्छन हेमन्त शर्मा । हाल सम्म ‘ ओप्रिय (२०५७) ’ , ‘ बिशेष (२०५९) ’, ‘ लोकप्रिय (२०६१) ’, ‘ आत्मिय (२०६३) ’, ‘ मन्दिर (२०६४)’ ‘ इतिहास (२०६८) ’ र ‘ परम्परा (२०७०) ’ गरि सात वटा एकल एल्वम बजारमा ल्याएक हेमन्तले हाल सम्म लगभग सय भन्दा बढि गीतमा आफ्नो स्वर दिई सकेका छन् ।
बि.सं. २०२८ साल नवलपरासी जिल्ला त्रिवेणी भन्ने ठाउँमा बुवा दण्डपाणी शर्मा , आमा सुमित्रा शर्माको कोखबाट कान्छा पुत्रको रुपमा जन्मिएका थिए हेमन्त । हसिलो र मिजासिलो स्वभावका हेमन्त सानो छँदा रेडियोबाट बज्ने गीतहरु सुन्दा उनलाई पनि यस्तै गायक बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । उनी भैरहवा बहुमुखी क्याम्पसमा अध्ययनको क्रममा केहि साथीहरुसंग मिलेर एउटा ब्यान्ड निर्माण गरे, ब्यान्डको नाम हो ‘ अंकुरण ’ । आफ्नो औपचारीक शिक्षा अघि बढाउन र

सांगीतिक इच्छा पुरा गर्न बि.सं. २०५० सालमा काठमाडौं छिरेका थिए ।
डोरेमी संगीत पाठशालाबाट संगीतकार दिव्य खालिङ्संग तीन महिना मात्र संगीत सम्बन्धी औपचारिक प्रशिक्षण लिएका हेमन्त शर्मा गाउन मात्र नभई रचना तथा संगीत दिन पनि त्यतिकै माहिर छन् ।
पैसाको भरमा गुणस्तरहीन एल्वम निकाल्ने होडबाजीको विकृति ल्याएको उनको ठहर छ । तर यस्ता गीत संगीत दीर्घकालिन नहुने उनको दाबी पनि छ । उनी भन्छन् कलाकार बन्छु भनेर मात्र हुन्न उभित्र कलाकार बन्न सक्ने खुबी हुनु पर्छ । उनी संगीतबाहेक फुर्सदको समयमा फिलिम हेर्न, क्रिकेट ÷ फुटबल हेर्न मन पराउंछन् । नेपाली संगीतको अबस्था बुझेर लाग्दा जीविकोपार्जन गने सकिने कुरा विश्वस्त छन् हेमन्त शर्मा ।