अब दैनिक १२ घण्टा लोडसेडिङ (तालिकासहित)

By प्रकाश धिताल     

timthumb.phpनेपाल विद्युत प्राधिकरणले भोलि चैत १ गतेबाट लागू हुने गरी लोडसेडिङ घटाएको छ।
अब दैनिक १२ घण्टा लोडसेडिङ हुनेछ ।
नदीहरुमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि भारतबाट थप विद्युत आयात भई सप्लाई स्थिर भई सकेको र निकट भविष्यमानै प्रबेशिका परीक्षा सञ्चालन हुन गईरहेका कारण लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ।
यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब हप्ताको ८४ घण्टा हुनेछ।