डेनिको “म त ठिक्ककीको” म्युजिक भिडीयो सार्वजनिक (भिडियो सहित )

By प्रकाश धिताल     

12289567_942506675837981_1066970363384461857_nकाठमाण्डौ चैत्र ०१ – पछिलो समय गित संगीतमा ब्यस्त हुदै आएकी गायीका डेनि रेग्मीको पहिलो एल्बम आषिशमा समाबेश गित मा त ठिक्ककिको म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘म त ठिक्ककी’ बोलको गीतको भिडीयो विभिन्न संचार माद्यमका  साथसाथै युट्युबमा समेत रिलिज गरिएको छ । किरण बरालको शब्द रहेको उक्त गीतमा पछिल्लो समयका व्यस्त संगितकार दिपक शर्माले संगीत भरेका छन् । गीतको भिडीयोलाई देवेन्द्रराज पाण्डेले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा निता ढुंगाना र रंजन रिजालको अभिनय रहेको छ भने भिडीयोलाई रविन्द्र वरालले खिचेका हुन् । सम्पादन निशान घिमिरेले गरेको उक्त गीत तथा भिडीयोलाई भिजन नेपाल फिल्मस्ले बजारमा ल्याएको हो ।

केही समय अगाडी चोलीको तुनामा बोलको गीतको भिडीयोसंगै नेपाली संगीत आकाशमा उदाएकी नव गायीका डेनी रेग्मीलाई उक्त भिडीयोले निकै चर्चा दिलाएको थियो । आफु अझै संगीतमा निखारिएको भन्दै रेग्मीले यो गीत र भिडीयोबाट आफु नेपाली संगीतमा स्थापित हुने विश्वास व्यक्त गरिन् ।

हेरौ यो म्युजिक भिडियो