सविनको ‘नेपाल जिन्दाबाद’ (भिडियो सहित )

By प्रकाश धिताल     

Untitled-7धादिङ । गायन क्षेत्रमा छुट्टै परिचय बनाएका धादिङ महादेवबेसीका गायक सविन लामाले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘नेपाल जिन्दाबाद…’ बोलको गीतलाई उनले म्युजिक भिडियोमा ल्याएका हुन् । सम्बोज मल्लको शब्द/संगित रहेको उक्त भिडियोेलाई सुमन लामाले निर्देशन गरेका हुन् । अभिसेक श्रेष्ठ र रितेस श्रेष्ठले छायाँकन् गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीत राष्ट्रिय भावनाले ओत प्रोत रहको गायक लामा बताउँछन् ।

धादिङको महादेवबेसीमा जन्मिएका लामाले हाल सम्म १३ वटा गितमा आवाज दिएका छन् ।लामाले केही समयअघि मात्र उनले ‘हे गोरी’ को एक भिडियो रिलिज गरेका थिए । लामाको पहिलो एल्बम ‘सानो पाईला’ मा समावेश ६ वटा गीत मध्ये यी दुई गीतको भिडियो युटुवमार्फत सार्वजनिक गरेका हुन् ।

भिडियो हेर्नुस् :-