केन्द्रबिन्दू धादिङ बनाएर ४.८ को पराकम्प

By प्रकाश धिताल     

३० फागुन, काठमाडौं । गत बैशाख १२ गतेको मूकम्पपछि पराकम्पनको रुपमा साना ठूला धक्काहरु जानेक्रम अझै रोकिएको छैन । यसक्रममा आइतबार बिहान पनि पराकम्प गएको छ ।

आइतबार बिहान ११ बजे धादिङ केन्द्रबिन्दू बनाएर ४.८ म्याग्निच्युडको पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । पराकम्पको धक्का धादिङ आसपासका जिल्लाहरु लगायत उपत्यकामा पनि महशुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत बैशाख १२ गतेपछि अहिलेसम्म ४ म्याग्निच्युडभन्दा माथिको ४ सय ४० पराकम्पन महशुस गरिएको छ ।