६११ शिक्षकका लागि जागिर खुल्यो

By प्रकाश धिताल     

३० फागुन, काठमाडौं । के तपाई स्नात्तक पढेर जागिर नपाइ भौतारिरहनुभएको छ ? यदि छ भने तपाईलाई जागिरको सुनौलो अवसर आएको छ । शिक्षा सेवा आयोगले पाँच वटै विकास क्षेत्रका माध्यमिब विद्यालयका लागि ६ सय ११ जना शिक्षकका लागि दरखास्त आहृवान गरेको छ ।

आयोगको शनिबार बसेको बैठकले नयाँ शिक्षकका लागि आवेदन खुलाउने निर्णय गरेको हो । विभन्न १४ वटा विषयका लागि आयोगले शिक्षक माग गरेको हो ।

आयोगले मुलुकभरका सामुदायिक बिद्यालयहरुमा बिक्रम संवत् २०६३ बैशाख १० गतेयता बाट रिक्त रहेका माध्यामिक शिक्षकहरुको पदपूर्तिका लागि आवेदन खोलेको जानकारी दिएको छ ।

आयोगले शनिबार जारी गरेको बिज्ञप्ति अनुसार नेपाली बिषयका लागि १०७ जना, अंग्रेजीका लागि १२८ जना, गणितका लागि ८८ जना, बिज्ञानका लागि १५० जना, सामाजिक शिक्षाका लागि ९३ जना, स्वास्थ्य जनसङ्ख्याका लागि ७ जना, अर्थसास्त्रका लागि ६ जना, लेखाका लागि २० जनाका लागि दरखास्त आहृवान गरिएको छ ।

त्यस्तै कम्युटर शिक्षामा ३, शिक्षा र संस्कृत भाषामा २/२, संस्कृत साहित्यमा ३, बेद र कृषि शिक्षामा १/१ जना माग भएको छ ।

आवेदन फारम पेश गर्न पाँच बिकासक्षेत्रका क्षेत्रीय शिक्षा निर्देशनालयका साथै पूर्वाञ्चलमा जिल्ला शिक्षा कार्यालय मोरङ, मध्यामाञ्चलमा जिल्ला शिक्षा कार्यालय ललितपुर, पश्चिमाञ्चलमा जिल्ला शिक्षा कार्यालय रुपन्देही, मध्यपश्चिमाञ्चलमा जिल्ला शिक्षा कार्यालय दाङ र सुदूरपश्चिमाञ्चलमा जिल्ला शिक्षा कार्यालय धनगढीमा आवेदन दर्ता गर्न सकिनेछ ।

आगामी चैत्र २९ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर शुल्क तिरेर आगामी बैशाख ६ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । आयोगका अनुसार लिखित परिक्षा आगामी असार ४ गते हुनेछ

From Onlinekhabar business