राधिका अधिकारीको एकल एल्बम ‘किनारा’ सार्वजनिक (भिडियो सहित )

By प्रकाश धिताल     

timthumb.phpकाठमान्डौ २८ – लामो समय देखि संचार माध्यममा आफ्नो पत्रकारिता लाई कायम गर्दै आएकि र पछिलो समयमा गित संगीतमा पनि आफ्नो समय लाई व्यतित गर्दै आएकी पत्रकार  राधिका अधिकारीको एकल गीति एल्वम ‘किनारा’ सार्वजनिक भएको छ। पत्रकारिता गर्दा आफुले देखेको समाजबाट परेको प्रभाव र भोगेको मानवीय संवेदनाका ज्वारभाटाका रुपमा ‘किनारा’ बजारमा आएको अधिकारीको भनाई छ ।

आफुले भोगेको अनि देखेको समाज र त्यसले पार्ने मानवीय संम्वेदनाले छुँदा जन्मिएका शब्द गीत र गजलमा समावेश भएका छन्  ।’ आफुले जानेर लेखेको गीत र गजल होइन अनि जानेर नै ल्याएको एल्वम पनि होइन’ भनेर अधिकारी  भन्छिन। कार्यक्रमका प्रमुख अथिति तथा एल्वमका समीक्षक डा. कृष्णहरि बरालले पनि गीत र गजलमा अन्तरहृदयबाट निस्किएका शब्द रहेको बताए ।

आफु क्रियाशील रहँदा विभिन्न चरणमा लेखिएका गीत र गजललाई  ‘किनारा’  एल्वम मार्फत एक मुष्ठ ल्याईएको छ र आफ्ना सृजना छरपष्ट हुँदा सन्तान यत्रतत्र छरिँदा जस्तै पीडा भएको थियो अनि  त्यही पीडालाई कम गर्न तिनै  सृजना एकत्रित गरी एल्वमका रुपमा ‘किनारा ल्याएको हुँ अधिकारी बताउछिन  ।

चार वटा गीतलाई ६ वटा ट्रयाकका रुपमा समावेश गरिएको ‘किनारा’मा समावेश गीत र गजलमा गायक गायिका  अञ्जु पन्त, राज सिग्देल, संगीता तिमल्सिना, सागर अधिकारी ‘सरद’, काव्य आचार्य र एन्जिला रेग्मीको स्वर रहेको छ । सन्तोष श्रेष्ठ, सुरेश अधिकारी, बुद्ध सायमी, सागर अधिकारी ‘सरद’को संगीत रहेको छ ।

dfdfadf
साथै विन्ध्यावासिनी म्यूजिक प्रा.लि.ले उत्पादन तथा बजार व्यवस्थापन गरेको उक्त एल्बमको गितमा समाबेश राज सिग्देलको आवाजमा समाबेश “जति छालको” गीतको  म्युजिक भिडियो लाई पनि हेर्न सकिनेछ । यस भिडियोमा सनम / विषम / सिर्जु को अभिनय रहेको छ भने क्यामेरा उत्सब दाहाल ईडीट टेकेन्द्र साह र निर्देशन राधा कृष्ण आचार्यको रहेको छ  ।

हेरौ भिडियो