०७३ सालका महत्वपूर्ण चाडपर्व कहिले ?

By प्रकाश धिताल     

काठमाडौं, फागुन २८ – वर्षभरीमा कुन कुन चाडपर्व कहिले पर्छन भन्ने चासो सबैलाई हुन्छ । २०७३ साल सुरु हुनै लाग्दा नयाँ वर्षका चाडपर्व बारे पनि यस्तै चासो सुरु भएको छ  तर नयाँ पात्रो सबैको हातमा पुगिसकेको छैन । बजारमा २०७३ सालको पात्रो शुक्रबारदेखि मात्र आउँदैछ । नयाँ पात्रो हेर्न भ्याउनुभएको छैन भने ०७३ सालका महत्वपूर्ण चाडपर्व थाहा पाइराख्नुहोस् ।

  •  रामनवमी – वैशाख ३
  • महावीर जयन्ती –  वैशाख ७
  • मातातीर्थ औंसी –  वैशाख २४
  • अक्षय तृतीया –  वैशाख २७
  • बुद्ध जयन्ती –  जेठ ८
  • गुरुपूर्णिमा –  साउन ४
  • नागपञ्चमी –  साउन २३
  • जनै पूर्णिमा –  भदौ २
  • कुशे औंसी –  भदौ १६
  • इन्द्रजात्रा –  भदौ ३०
  • हरितालिका तिज –  भदौ १९
  • ऋषिपञ्चमी –  भदौ २१
  • घटस्थापना असोज –  १५
  • महाष्टमी –  अजोज २३
  • महानवमी –  असोज २४
  • विजयादशमी –  असोज २५
  • कोजाग्रत पूर्णिमा –  असोज २९
  • कागतिहार –  कात्तिक १२
  • भाइटीका –  कात्तिक १६
  • छठ पर्व –  कात्तिक २१
  • बालाचतुर्दशी –  मंसिर १३
  • धान्यपूर्णिमा –  मंसिर २८
  • विवाह पञ्चमी –  मंसिर १९
  • शिवरात्री –  फागुन १३
  • होली –  फागुन २९ र ३०
  • घोडे जात्रा –  चैत १४
  • रामनवमी –  चैत २३ गते

 

ujyaalo online बाट