रचनाकार सुरेन्द्र थपलिया शोक मग्न

By प्रकाश धिताल     

12804399_1058057910921267_962479139_nयुवा पुस्ता माझ चर्चामा रहेका रचनाकार सुरेन्द्र थपलियालाई पित्री शोक परेको छ । काभ्रे जिल्ला मेच्छे गा. बि. स. वडा नं. १ मा २००६ साल भाद्र ४ गते जन्मिएका उनका पिता छबिलाल थपलियाको ६७ बर्षको उमेरमै निधन भएको हो । शिभरात्रीको दिन बिहानै शरीर  दुखेर काठमाडौ मेडिकल कलेज, सिनामंगलमा ईमेर्जेसीमा लगि सबै कुराको परिक्षण गर्दा  रिपोर्टमा नर्मल संगै दिउँसो देखि प्रेसरमा पनि समस्या आएको थियो अनि  ब्लड प्रेसर लो हुँदै गए पछि हाई कियरमा भर्ना गरिएको थियो । लगातार प्रेसर कम हुँदै गएपछि राति १० बजे आई. सि. यु. मा पुर्‍याईएको थियो । फागुन २५ गते बिहान ६:३० बजे एक गिलास सुप खाएका छबिलाललाई सबैलाई भेटेका थिए । पालैपालो छोराहरुलाई भेट्न चहेका छबिलालले अब म यहाँ बस्दिन माथी जान्छु भनेका थिए । उहाँले ७ बजे बोल्दा बोल्दै अन्तिम स्वास लिएको पारिवारिक स्रोतबाट जानकारि आयो ।

स्वर्गीय छबिलाल का श्रीमती (सावित्री) एक छोरी (छविलक्ष्मी थपलिया पाठक) र सात छोरा (राम प्रसाद थपलिया, स्याम प्रसाद थपलिया, राजेन्द्र थपलिया, प्रकश राज थपलिया, बिश्सु राज थपलिया, सुरेन्द्र थपलिया र रबिन्द्र थपलिया) छन् । चार जाना छोरा र छोरीको बिबाह भएको छ भने तीन छोराको बिबाह हुनै बाकी छ ।   स्वर्गीय छबिलाल मेच्मे गा. बि. स. वडा नं. १ का पुर्ब वडा अध्यक्ष समेत हुनुहुन्थ्यो । समाज सेवामा मोहित हुने उहा विभिन्न सामाजिक संघ सस्था, भजन-कृतन मन्डली लगाएतमा आबद्ध हुनुहुन्थ्यो ।