योजनाकाे ‘घर होइन मन’ गीतको भिडियो सार्वजानिक

By प्रकाश धिताल     

12813997_1097686596949473_7722783870454301878_nपछिल्लो समय गित संगीतमा व्यस्त हुदै आएकि गायिका योजना पुरीले आफ्नो दोस्रो एल्बममा राखिने ‘घर होइन मन ठूलो भएको, हीराको हार होइन मीठो प्यार दिने खोजिरहे छु कोही भेटिन्छ कि यो मनलाई आधार दिने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । हांस्यकलाकार एवम् गायक राजा राजेन्द्र पोखरेलको शब्द र संगीत तथा ओम सुनारको संगीत संयोजन रहेको उक्त गित पीएनपी मिडियाको प्रस्तुतिमा बनेको हो ।.
भिडियोमा स्वयम् योजनाले अभिनय गरेकी छिन भने भिडियोलाई रायन कार्कीले निर्देशन गरेका छन् । संगै भिडियोमा राजेश राउतको सिनेम्याटोग्राफी रहेको छ भने यसको सम्पादन दीपक विष्टले गरेका छन् । म्युजिक भिडियोको प्राय छायांकन पुल्चोक र चोभारमा गरिएको छ ।

हेरौ भिडियो