सुबिसु क्यान इन्फोटेक २०१६ सुरु भयो पूर्वि नेपालमा

By प्रकाश धिताल     

पूर्वि नेपालको झापा जिल्लामा पहिलो क्यान इन्फोटेक शुक्रवारदेखि शुभारम्भ भएको छ । झापामा पहिलोपटक आयोजना हुन लागिरहेको यस इन्फोटेकको शिर्ष प्रायोजनमा सुबिसु केवलनेट र एसोसिएसट स्पोन्सरमा डिजिकम रहेको छ । इन्फोटेक २५ गतेसम्म बिर्तामोडको कन्काई क्याम्पसमा आयोजना भइरहेको छ ।

शुक्रबार सूचना तथा संचार मन्त्रि शेरधन राइले इन्फोटेकको उद्घाटन गरेका थिए । मन्त्रि राइले अब सरकारले आइटीलै बिसेष प्राथमिकतामा राखेर काम गरिरहेको बताए । देशभर अप्टिकल सुपर हाइवे बनाउन लागेको बताउदै उनले पूर्वको यो क्यान इन्फोटेकले पूर्वबाट विकासको नया संदेश छरेको बताए । त्यसैगरी कार्यक्रमका संयोजक दिपेश पाठक, क्यान महासंघ अध्यक्ष् बिनोद ढकाल लगायतले कार्यक्रमको बारेमा बोलेका थिए ।

सूचना प्रविधिमा भइरहेको विकास र भित्रिएका नौला प्रविधियुक्त उपकरणको मेलामा प्रदर्शनी भइरहेको महासघका केन्द्रीय सदस्य एवम् मेला संयोजक दिपेश पाठकले जानकारी दिए । मेलामा फ्री वाइफाइ सुविधासहितका ७१ वटा बिक्री तथा प्रदर्शनी कक्ष रहेको जनाइएको छ । मेला करिब एक लाखले अवलोकन गर्ने लक्ष्य राखिएको महासङ्घ झापाका कोषाध्यक्ष शुभ पाठकले बताइन् ।

इन्फोटेक मेलामा स्मार्ट प्रविधिलाइ प्रवद्र्धन गरिने जनाइएको छ । इन्फोटेकमा कम्प्युटर, ल्यापटप, स्मार्टफोन, इन्टरनेट प्रविधि, एन्टिभाइरस तथा सेक्युरिटी, स्मार्ट टिभी र एप्लायन्स, एसेसरिज, मोवाइल एप तथा सफ्टवेयरहरुको प्रदर्शन रहेको छ । त्यसैगरी आइटी शिक्षा, विभिन्न प्रोफेसनल कोर्स सम्वन्धी स्टलहरु पनि रहेका छन ।
धेरै वर्षको अन्तरालपछि पूर्वमा हुन लागिरहेको यो इन्फोटेकले पूर्वाञ्चलवासीलाइ प्रविधिको क्षेत्रमा सचेतना जगाउने र प्रविधिको प्रयोगमा आकर्षित गर्ने विश्वास आयोजकले लिएको छ । २१ गतेदेखि हुने इन्फोटेकमा काठमाण्डौ अधिकांश ठुला आइटी कम्पनी तथा स्थानियक कम्पनीहरुको सहभागिता रहेको छ । बजारमा उपलब्ध नभइसकेका केहि नया प्रविधिहरु एक थलोमा हेर्न सकिने झापा क्यानका अध्यक्ष भुपेन्द्र मैनालीले जानकारी दिए ।