पुरुष सरह काम गर्न सक्छु उर्गेन

By प्रकाश धिताल     

12788023_193510604347772_1188341683_nहाम्रो समाज महिला भन्दा पुरुषलाई प्राथमिकता दिन्छ, तर पनि महिलाहरु समाजलाई चुनौती दिदै अगाडी  बढीरहेका हुन्छन् । हामी पनि पुरुष भन्दा कम छैनौ भन्दै विभिन्न जटिल कार्यहरु गरिरहेका हुन्छन् महिलाहरु । यस्तै एउटा साहसिक महिला हुन उर्गेन धमला (शेर्पा) । अत्यन्तै विकट ठाउँमा जन्मिएर पनि विकट ठाउँहरुलाई उज्यालो पार्न अग्रसर महिला हुन उर्गेन ।

12804252_193510617681104_896383390_nरामेछाप जिल्ला डढुवा गा. बि. स. वडा नं. ७ मा जन्मिएकी उर्गेन घैरुङ्ग ८, गोर्खामा पुगिन । जन्म थलो अनि कर्म थलो दुबै विकट भए पछि उर्गेनले समाज सेवाको बाटो अङ्गालिन । चाहे दुर्गम ठाउका बिद्यालयको लागि पठ्य सामाग्री उपलब्ध गराउने देखि अपाङ्ग व्यक्तलाई सहयो गर्ने किन नहोस् उनले सेवालाई धर्म सम्झिन ।

12825209_193510597681106_27403834_nभुकम्प को बेला पनि उनी  नुवाकोट, दोलखा, गोर्खा लगाएतका ठाउँमा राहत लिएर पुगिन ।
त्यस्तै उनले दोलखा सैलुङमा रहेको श्री सारदा नि. मा. बि. मा अध्ययनरत ५०० बिद्यार्थिको लागि कम्प्युटर र कम्प्युटर तालिमको व्यवस्था गरेर फर्केकी उनी मिडियामा पनि अग्रसर छिन ।

12782306_193510811014418_530515893_nजिङ्को मिडिया प्रोडक्सन प्रा. लि. को म्यानेजर रहेकी उर्गेनले थुप्रै कहाली लाग्दा संघर्ष गरिसकेकी छिन् । विभिन्न म्युजिक भिडियो, डकुमेन्ट्री, फिल्म निर्माण गरि सक्दा आफ्नो संघर्षको कथा पनि मिसाएकी छन् उर्गेनले । भर्खरै नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिताको लागि पनि “पहरेदार” नामक सेना सङ्ग सम्बन्धित लघु चलचित्र पनि तयार परेकी छिन । चाहे समाज सेवा होस वा मनोरञ्जनको माघ्यम नै किन नहोस जसरी पनि समाजलाई उज्यालो बनाउने तर्फ अगि बढेकि उर्गेन समाज सेवा गर्दा आफुलाई खुसी मिल्ने तर्क गर्दै सबैलाई समाज निर्माणमा अगि बढ्न अनुरोध गर्छन्

12784439_193510917681074_495681430_n 12788023_193510604347772_1188341683_n 12804556_193510634347769_733247228_n 12825209_193510597681106_27403834_n