एनसेलले रोमिङ्ग रिवार्ड ल्यायो

By प्रकाश धिताल     

thमोबाइल सेवा प्रदायक कम्पनी एनसेलले रोमिङ्ग सेवा प्रयोग गर्ने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ्ग रिवार्ड’ योजना ल्याएको छ । अबदेखि एनसेलका पोष्टपेड र प्रिपेड सेवाका ग्राकहले देशबाहिर गएको बेलामा भ्वाइस रोमिङ्ग सेवा प्रयोग गरेर निश्चित प्वाइन्ट वा माइल पाउन सक्छन् । यसरी पाइने प्वाइन्ट वा माइल निःशुल्क हवाई टिकट वा होटेल बसाइका लागि प्रयोग गर्न सकिने एनसेलले जनाएको छ ।

फागुन २० गतेदेखि लागु हुने यो योजना एनसेलले बारम्बार विदेश भ्रमण गरिरहने, होटल तथा एअरलाइन्स कम्पनीले प्रदान गर्ने विभिन्न ग्राहकमुखी कार्यक्रम (लोयल्टि प्रोग्राम) मा भाग लिने ग्राहकलाई थप लाभप्रदान गर्ने उद्देश्यले ल्याएको जनाएको छ  ।

ट्राभलिङ्ग कनेक्टसँगको  सहकार्यमा ल्याएको यो योजना अन्तर्गत, ग्राहकले प्रति एक मिनेट कल गरेवापत एक प्वाइन्ट वा माइल पाउछन् । हवाई टिकट र होटलको बसाई बाहेक ग्राहकले यो प्वाइन्ट वामाइल लोयल्टी प्रोगाम अनुसार उपलब्ध अन्य वस्तु वा सेवा लिन पनि प्रयोग गर्न सक्छन् ।

रोमिङ्ग रिवार्ड योजनामा सहभागी भई लाभ लिन ग्राहकले एनसेलको वेबसाइटमा गई एनसेल रोमिङ्ग क्लबमा आफ्नो नाम, इमेल, मोबाइल नम्बर आदि जानकारी भरेर रजिस्टर गर्नु पर्ने र रजिस्टर गर्दा नै आफूले प्रगोग गर्ने एअरलाइन्स वा होटेलको लोयल्टी प्रोग्राम पनि छान्नु पर्ने एनसेलले जनाएको छ ।

यो योजनमा लगभग ३० भन्दाबढी एअरलाइन्स कम्पनी र होटल ब्राण्डको पार्टनरसिप रहेको छ । रजिस्टर गरिसके  पछि, ट्राभलिङ्ग कनेक्टले कनफर्मेसन इमेल पठाउँछ र प्रत्येक महिना के कति प्वाइन्ट वा माइल जम्मा भयो भनेर ग्राहकलाई जानकारी पनि दिइने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिनुभयो ।