नेपाली बजारमा हुवावेका मेट ८ र जिआर ५ फ्लागशिप स्मार्टफोन

By प्रकाश धिताल     

dddमोबाइल फोनका लागि प्रसिद्ध हवावे कम्पनीले हवावे मेट ८ र हुवाव जिआर ५ नामक अफ्ना दुईवटा फ्लागशिप स्मार्टफोन आधिकारिकरुपमा नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाण्डौमा एक कार्यक्रम गरी स्मार्टफोनहरु सार्वजनिक गरेको छ  ।

स्मार्टफोनमध्ये हुवावे मेट ८ मा ६ इन्चको फूल एचडि डिस्प्ले, हुवावेको हुवावे ९५० किरिन प्रोसेसर, ४ जिबी र्याम, ६४ जिबी इन्टर्नल मेमोरी छ भने यसमा एसडी कार्डमार्फत थप मेमोरी बढाउन सकिन्छ । अगाडिको क्यामेरा ८ मेगापिक्सल रहेको छ जसबाट राम्रा सेल्फीहरु खिच्च सकिने छ । त्यसैगरी, पछाडिको क्यामेरा १६ मेगापिक्सलको छ । यसमा ४००० एमएएचको ब्याट्री समावेश गरिएको छ । नेपाली बजारमा मेट ८ को मूल्य ७९ हजार ९ सय ९९ रखिएको छ ।

यस्तैमा हुवावेको अर्को स्मार्टफोन जिआर ५ मा ५.५ इन्चको फूलएचडी डिस्प्ले, क्वालकम स्न्यपड्रागन अक्टाकोर प्रोसेसर, २ जिबी र्याम, १६ जिबी इन्टरनल मेमोरी, ५ मेगाफिक्सलको फ्रन्ट क्यामेरा, १३ मेगापिक्सलको रिअर क्यामेरा, ३००० एमएएचको ब्याट्री लगायतका फिचरहरु रहेका छन् । यसको नेपाली बजार मूल्य रु ३३ हजार ९ सय ९९ राखिएको छ ।