अब फोल्ड गर्न सकिने स्मार्टफोनको भविष्य फ्लेक्स डिस्प्लेतर्फ

By प्रकाश धिताल     

flexible-displayतपाईले एलजी जि फ्लेक्स र सामसुङ गिअर फिटजस्ता डिभाइसहरुमा फ्लेक्जीबल डिस्प्ले देख्नुभएको होला । तर अब यस्तो फ्क्जीबल स्मार्टफोनको भविष्य फ्लेक्जीबल डिस्प्लेमा हुने कुरामा एउटा बेलायती कम्पनीले विश्वास व्याक्त गरेको छ । भर्खरै सम्पन मोबाइल वल्र्ड कंग्रेश २०१६ मा पनि फ्लेक्स इनेबल गरिएका डिस्प्ले प्रविधिको प्रदर्शनी उक्त कम्पनीले गरेको थियो । यस्तो प्रविधिमा विभिन्न रंगिग स्क्रिनलाई फोल्ड गर्न÷पट्याउन तथा रोल गर्न सकिने छ ।

स्मार्टफानको डिस्प्लेलाई तपाईको हातको नाडिमा बाँध्न सकिने छ । फ्लेक्स डिस्प्लेलाई अब स्मार्टफोन उत्पादक कम्पनीहरुले स्मार्टफोनको दुनियाँलाई नयाँ आयाम दिन यो प्रविधिले साथ दिने कुरा धेरै विज्ञहरुको छ । सामसुङलगायत विभिन्न चीनियाँ कम्पनीहरु यस्तो डिस्प्ले प्रविधिको माध्यमबाट नयाँ स्मार्टफोनहरुको विकासमा लागि परेका छन् ।