मार्चदेखि एप्पलले ‘फाइभ एस इ’ बजारमा ल्याउने (फोटो फिचर)

By प्रकाश धिताल     

318E73CC00000578-0-image-a-3_1456429556305-630x391एप्पलले १४ मार्चमा उसको ‘मिनी आइफोन’ सार्वजनिक गर्ने भएको छ । ४ इन्चको आकारमा हुने यसलाई आइफोन फाइभ एसइ को नाम दिइने अनुमान गरिएको छ । नाइन टू फाइभ म्याक वेबसाइटले यस फोनका विभिन्न तस्वीरहरु लिक गरेको छ । तस्वीरमा यो समार्टफोन आइफोन फाइभ एस जस्तै देखिन्छ । सन् २०१३ मा सार्वजनिक आइफोन फाइभ एसको हार्डवेयर तथा सफ्टवेयरमा अपग्रेड गरिएको संस्करणको रुपमा रहने कुरा श्रोतले पुष्टि गरेको दाबी वेबसाइटले गरेको छ ।

नयाँ आइफोनको साइज ठ्याक्कै आइफोन फाइभ एसको जस्तै हुने र सो आइफोन फाइभ एसको खोलभित्रै अट्ने बताइएको छ।  फाइभ एसको डिजाइनमा केही परिवर्तन गर्दै पावर बटन भने छेउँतर्फ सारिएको छ । आगामी आइफोनको भन्दै सार्वजनिक गरिएको केही ड्रइंग यस्ता छन् ।