बीर खाण ठकुरीको पिडा-मलेसिया

By प्रकाश धिताल     

Pardashiपरदेशको पिडा मलेसियाबाट मेरो नाम बीर खाण ठकुरी हो। मेरो घर सुर्खेत मटेला हो हाल बिरानो देश मलेसिया छु । सायद बाध्यता र बिबशता ले बिदेशी भुमीमा धिकारको जीन्दगी जिउना बाध्य छु ।
मेरो घरमा 5 जना को परिवार थियो बुवाममी भाईबहिनी र म सानो परिवार सुखै थियो सबैले पढेकै थियौ ! म घरको जेठो मान्छे थिए म b.ed firs year मा भर्ना भएको थिए त्यही बेला मेरो बुवाको अचानक बित्नु भयो !अब के गर्नु मेरो सबै सपना खतम भए घरको सबै जिम्मेवारी मेरो माथि आयो भाईबहिनी पढाउने लगायत सबै जिम्मेवारी आएपछि पढ्ने मन हुँदा हुदै त्यही छोड्नु पर्यो । ठुल्ठुला सपना बुनेर बिदेशको योजना बनाएर र बिदेश पनि आइयो भनिन्छ “दुखी लाई जहिले गएनी दुखै पर्छ रे” मैले आज त्यही कुराको महसुस गरेको छु ।
नेपालमा 1507 Agreement गरेर आएको यहाँ आउँदा 1507 कहिल्यै देख्न पाइएन आउँछ 1000 त्यस मा लेभि 2018 काट्छ त्यसै मा खाना फोन काट्दा केही बच्दैन त्यसै मा न सवारी साधन छ सवारी साधन मा साइकल दिएको छ राति को duty छ साइकल को यात्रा त्यसै मा मलेसिया मा चोरी लुटपाट काटमार त्यसतै छ कसरी ज्यान बचाउने र कसरी घरमा पुग्ने चिन्ता मा छु ।त्यसतै भएपनि नखाएर नलगाएर 1/1पैसा जम्मा गरेर मैले एउटा लोकदोहोरी गीत निकालेको छु “”कल्पना नै मिठो किना धोका दिएर गयौ त भन्दयौ मलाई छिटो “मेरा जुन सपना बुनेर आएको थिए ति सपना पुरा नभएता पनि छु म त्यसैमा खुसी छु ।अन्तय म के भन्न भने जे जस्तो भएपनि आफ्नै नेपाल प्यारो नेपालमै केही गर्नु पर्छ बिदेशको सपना नगर्नु होला