कपिलवस्तुको बुद्ध ज्योतिलाई अन्तर बिद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिताको उपाधि

By प्रकाश धिताल     

IMG_7077-2कपिलवस्तु नगरपालिका कपिलवस्तुको आयोजना र भाइब्रेसन मिडीया काठमाडौँको संयुक्त  संयोजनमा कपिलवस्तु नगरपालिकाब्यापी अन्तर बिद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिताको उपाधि बुद्ध ज्योति हाईअर सेकेण्डरी ईङ्गलीश बोर्डीङ्ग स्कुलले जितेको छ ।

१३ वटा सामुदायीक तथा निजी बिद्यालयहरु बिचको प्रतिस्पर्धाबाट बुद्ध ज्योति हाईअर सेकेण्डरी ईङ्गलीश बोर्डीङ्ग स्कुल प्रथम, सिद्धार्थ विद्या मन्दिर उच्च माध्यमिक विद्यालय द्वितिय, रत्नराज्यलक्ष्मी उच्च माध्यमिक विद्यालय तृतिय र तिलौराकोट माध्यमिक विद्यालय चतुर्थ भएका छन । कार्यक्रममा प्रथम, द्वितिय, तृतिय र चतुर्थ टोलीलाई आकर्षक शिल्ड,मेडल,आकर्षक पुरस्कारहरु र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक एवं भाइब्रेसन मिडीयाका प्रबन्ध निर्देशक बिष्णु गैरेले जानकारी दिएका छन् ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाले सहभागि १३ वटा विद्यालयलाई साउन्ड सिस्टम र जनचेतनामुलक श्रव्य सामाग्रीसमेत प्रदान गरेको थियो । श्रव्य सामाग्री प्रत्येक दिनहुने बिहानिको विद्यालय प्रार्थना समयमा बजाउन सहज होस भन्नका निम्ति साउन्ड सिस्टम प्रदानगरिएको हो ।

सिद्धार्थ विद्या मन्दिरमा दुई दिनसम्म चलेको उक्त कार्यक्रममा सिद्धार्थ विद्या मन्दिरका बिद्यार्थीहरुले सांस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेकाथिए । कार्यक्रमले नगरपालीकाका बिद्यार्थीहले फरक खालको प्रतिस्पर्धाको अनुभुती गर्न पाएको र नगरपालिकाले गरेको समग्र कार्यक्रम उदाहरणीय भएको कपिलवस्तुका जिल्ला शिक्षा अधिकारी  हरि प्रसाद गौतमले बताएका छन ।कार्यक्रम अत्यन्त प्रभावकारी रहेको र यस्ता खालका कार्यक्रमले बिद्यार्थीको बहुआयामीक बिकासमा जोड दिने बताँउदै नगरपालिकाले चेतनामुलक सामाग्रीसंगै साउन्ड सिस्टम वितरण गरेकोमा कार्यक्रमका प्रमुख अतिथी एवं कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खान् ले खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि नगरपालिकाले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन संगै कपिलवस्तु नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराईले बिद्यार्थीको बहुआयामीक विकासका लागी नगरपालिकाले यस्तो खालको कार्यक्रम आयोजना गरेको र आँउदा दिनमा पनि बिद्यालय र बिद्यार्थीको हितका लागी नगरपालिका निरन्तर लागि रहने भन्दै साउन्ड सिस्टमको उचीत प्रयोग गरि चेतनामुलक श्रब्य सामाग्रीलाई दैनीक बिद्यार्थीलाइ सुनाउन सम्पुर्ण बिद्यालयलाई आग्रह गरे ।